२७ असार २०८३, शनिबार

गलत प्रतिवेदन बनाई भ्रष्टाचार गरेको आरोपमा इन्जिनीयरविरुद्ध मुद्दा दायर

गलत प्रतिवेदन बनाई भ्रष्टाचार गरेको आरोपमा इन्जिनीयरविरुद्ध मुद्दा दायर

दैलेख जिल्लाको गुराँस गाउँपालिकाका तत्कालीन इन्जिनीयर सरोजकुमार दाहाल र सबइन्जिनीयर नविनकुमार बिसीले गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै निर्धारित शर्त र मापदण्ड विपरीत झूटा नापी किताब, उपभोक्ता समिति सम्बन्धी बिल, कार्यसम्पन्न प्रतिवेदनसमेत तयार गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको जनाएका छन् ।

विज्ञप्तिमा उल्लेख छ, ‘मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६/०७७ मा दैलेख जिल्ला, गुराँस गाउँपालिका वडा नम्बर ६ स्थित निगालपानी रेग बगौरा सडक निर्माण योजनाको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा दैलेख जिल्ला, गुराँस गाउँपालिकाका तत्कालीन इन्जिनीयर सरोज कुमार दाहाल र तत्कालीन सबइन्जिनीयर नविनकुमार बिसीले आपसी मिलेमतो गरी ‘निगालपानी रेग बगौरा सडक निर्माण योजना’ सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत झूटा नापी किताब, उपभोक्ता समितिसम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदन समेत तयार गरी मापदण्ड अनुसार सडक निर्माण भएको भनी बदनियतपूर्वक वास्तविक भए गरेको कार्य लुकाइछिपाई नभए नगरेको कुरा देखाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसूर गरेको देखिँदा निजहरू उपर ऐ. ऐनको दफा १९ उपदफा (२) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्