२४ असार २०८३, बुधबार

अमेरिकाका राष्ट्रपति बाइडन पुगे युक्रेन

फागुन ८, २०७९
अमेरिकाका राष्ट्रपति बाइडन पुगे युक्रेन

अमेरिकाका राष्ट्रपति जो बाइडन सोमवार युक्रेनको राजधानी किएभ पुगेको द किएभ इन्डिपेन्डेन्ट पत्रिकाले खबर दिएको छ । 

रुसले युक्रेनमाथि आक्रमण गरेको लगभग एक वर्ष हुन लाग्दा बाइडन अघोषित रूपमा किएभ पुगेका हुन् । 

किएभमा बाइडनले राष्ट्रपति  भोलोदीमीर जेलेन्स्कीलाई भेट्ने कार्यक्रम छ । 

ह्वाइट हाउसकी प्रवक्ता कारिन जीन–पिएरले बाइडन सोमवारदेखि बुधवारसम्म पोल्यान्ड भ्रमणमा जाने बताएकी थिइन् । 

पोल्यान्डमा उनले राष्ट्रपति आन्द्रेज डुडालाई भेटेर द्विपक्षीय सहकार्य तथा युक्रेनलाई सहयोगका विषयमा कुराकानी गर्नेछन् । उनले पूर्वी युरोपमा रहेका नेटो साझेदार मुलुकका नेताहरूसँग पनि कुराकानी गर्नेछन् । 

पोल्यान्ड पुग्नुअघि अघोषित रूपमा युक्रेन गएका बाइडनलाई किएभको मध्यभागमा गार्ड अफ अनर दिइएको स्थानीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्