
मोरङको बुढीगंगा–२ मा हत्या गरिएकी महिलाका पतिसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतक महिला विराटनगर–१९ घर भएकी २८ वर्षीया प्रियंका सुनवार हुन् । उनका पतिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
हत्यापछि बोरामा पोको पारेर राखेको अवस्थामा उनको शव फेला परेको थियो ।
स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो ।
स्थानीय नरसिंह चौधरीको घरभित्र बोरामा पोको पारेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।