
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार दोहोरो अंकले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव ६० अंकले ओरालो लागेर २ हजार ४६ दशमलव ८१ मा सीमित भएको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव ९१ अंकले ओरालो लागेर ३९१ दशमलव ५३ मा सीमित भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये २ उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएका कूल कम्पनीमध्ये ३२ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।
१७७ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा ७ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । कूल ६० लाख ९१ हजार ३५३ कित्ता शेयर १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ मूल्यमा खरिद बिक्री भए । सोमवारको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब ५३ अर्ब ४२ करोड ४० लाख ७ हजार ७५४ बराबर रहेको छ ।
कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । कम्पनीको २० करोड ८२ लाख ५६ हजार ७४० बराबरको कारोबार भयो । साल्टटे«डिङ कर्पोरेसन ११ करोड ४८ लाख ४७ हजार ९४७, जीवन विकास लघुवित्त ६ करोड ५५ लाख ५५ हजार ३००, एनआईसी एसिया बैंक ५ करोड ५५ लाख ९१ हजार २०१ र सानिमा बैंक ४ करोड ६५ लाख ७६ हजार ४६९ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार राप्ती हाइड्रोको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । दोर्दी खोला जलविद्युत् कम्पनी ४ दशमलव १७, एनएमबी हाइब्रिड फण्ड एक ३ दशमलव ९६, कालिका पावर कम्पनी २ दशमलव ०४ र एनएमबी–५० का लगानीकर्ताले २ दशमलव ०२ प्रतिशतले कमाएका छन् ।
जीवन विकास लघुवित्त ९ दशमलव १५, उपकार लघुवित्त ७ दशमलव ४२, हिमालयन डिस्टिलरी ५ दशमलव ३१, वीन नेपाल लघुवित्त ५ र समिट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ दशमलव ९६ प्रतिशतले गुमाएका छन् ।