×

Nic Asia
Dabur
Prabhu Bank

डीआईजीको जन्म मिति विवाद

राज्यलाई ढाँटेर डीआईजी बनेका थिए अशोक सिंह, एसएसपीमै हुनुपर्ने थियो अवकाश [प्रमाणसहित]

काठमाडाैं | फागुन ८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राज्यलाई ढाँटेर बढुवा लिएको तथा गलत विवरण पेश गरी सेवामा बहाल रहेको प्रमाण लोकान्तरले फेला पारेको छ ।

yONNEX
IME BANK INNEWS

लोकान्तरलाई प्राप्त डीआईजी सिंहको नागरिकताको प्रतिलिपिअनुसार उनले गएको जेठ २२ गते वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदबाटै अनिवार्य अवकाश पाउनुपर्ने थियो । तर, उनले आफ्नो जन्म मिति ढाँटेर सेवामा बहाल रहेको र बढुवा समेत लिएको पुष्टि भएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

तत्कालीन जिल्ला (प्रशासन) कार्यालय कैलालीबाट २०४२ जेठ २२ गते नागरिकता प्राप्त गर्दा उनको उमेर १८ वर्ष पुगेको भनिएको छ । 

हेर्नुहोस्, नागरिकताको प्रतिलिपि :


Advertisment
Lokantar App
Saurya island

उक्त समयमा १८ वर्ष पूरा हुन कम्तीमा पनि २०२४ साल जेठ २२ गते जन्मिएको हुनुपर्छ ।

यस हिसाबले हेर्दा २०७९ जेठ २२ गते उनी ५५ वर्षको पुग्ने देखिन्छ । तत्कालीन अवस्थामा सिंह वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी पदमा कार्यरत थिए ।

Vianet communication

प्रहरी नियमावली २०७१ को नियम १२७ अनुसार एसएसपीले अनिवार्य अवकाश पाउने उमेर ५५ वर्ष हो । त्यस हिसाबले सिंहले एसएसपी छँदै २०७९ जेठ २२ गते अनिवार्य अवकाश पाउनुपर्ने थियो ।

हेर्नुहोस्, ऐनको व्यवस्था :

 

तर, सिंहले प्रहरीको सिटरोलमा आफ्नो जन्म मिति २०२५ मंसिर १६ उल्लेख गरेका छन् । त्यही आधारमा उनी डीआईजीमा बढुवा भएर पदमा बहाल रहेका हुन् । उनी २०७९ असार १७ गते डीआईजीमा बढुवाका लागि सिफारिश भएका थिए । डीआईजी र एआईजीको उमेर हद ५६ वर्ष छ । जबकि आईजीपी भएपछि ५८ वर्ष उमेर वा ३० वर्षे सेवाअवधि पूरा नभई अवकाशमा जानु पर्दैन ।

सिटरोल, शैक्षिक प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा फरक–फरक जन्म मिति उल्लेख भएको पाइएमा जुन मिति पहिला हुन्छ, त्यसैलाई आधार मानेर अवकाश दिनुपर्ने व्यवस्था समेत प्रहरी नियमावलीमा स्पष्टसँग उल्लेख गरिएको छ । नियमावलीको नियम १२७ (२) खण्ड (क)मा अवकाश दिने व्यवस्थाबारे प्रस्ट पार्दै भनिएको छ– 

सेवामा प्रवेश गर्दा निजले पेश गरेको नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र वैयक्तिक विवरण) मा जन्म मिति वर्ष, महिना र गते समेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा जुन मितिबाट पहिले अवकाश हुन्छ सोही मितिको आधारमा ।

प्रहरी नियमावलीको व्यवस्था

यस हिसाबले हेर्दा पनि सिंहले गएको जेठ २२ गते नै अवकाश पाउनुपर्ने देखिन्छ । जबकि उनी हालसम्म डीआईजी पदमा बहाल छन् र एआईजीमा बढुवा हुँदै आईजीपी बन्नका लागि दौडधूप गरिरहेका छन् ।

सिंह वि.सं. २०५१ साल चैत ५ गते प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थिए । 

अवकाश पाइसक्नुपर्ने व्यक्तिले गलत विवरण पेश गरेर सेवामा बहाल रहेको र बढुवा समेत लिएको अवस्थामा उनले यस अवधिमा लिएको सेवासुविधाका सम्बन्धमा गम्भीर समेत प्रश्न उठेको छ । सिंह अहिले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत छन् ।

यस विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । ‘२०७९/०२/२२ मा अनिवार्य अवकाश हुनुपर्ने अशोक सिंहले तथ्य ढाँटेर प्रहरी नायब महानिरीक्षक पदमा बढुवा भएकाले सो बढुवा गैरकानूनी रहेको छ । निजले प्रहरी नायब महानिरीक्षकको रूपमा हालसम्म लिएको सेवा सुविधा समेत असुलउपर गरी कानूनबमोजिम कारबाही गरी पाऊँ,’ अख्तियारमा परेको उजुरीमा भनिएको छ ।

हेर्नुहोस्, अख्तियारमा परेको उजुरी :

उजुरी दर्ता मिति

सिंहले डीआईजी हुनका लागि पेश गरेको शैक्षिक प्रमाणपत्र समेत नक्कली रहेको भन्दै अख्तियारमा उजुरी परेको छ । दुवै आरोपका सम्बन्धमा अख्तियारले अनुसन्धान अगाडि बढाएको छ ।

डीआईजी सिंहको जन्म मिति र शैक्षिक प्रमाणपत्रका विषयमा प्रश्न उठेपछि गृहमन्त्रालय र प्रहरी किताबखाना समेत कानूनी परामर्शमा जुटेको उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ९, २०७९

मौसम पूर्वानुमान महाशाखाले बिहीवार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पह...

चैत ८, २०७९

मौसम पूर्वानुमान महाशाखाले बुधवार कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्...

चैत ८, २०७९

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित चार नेताले पूर्वराजा ज्ञानेन्द्रसँग भेटवार्ता गरेका छन् । ज्ञानेन्द्रलाई भेट्न राप्रपाका नेताहरू झापाको दमक पुगेका थिए ।  अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, वरिष्ठ...

चैत ८, २०७९

दैलेखमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मनकामना ग्यासका सिलिन्डर बोकेको भे१ख २२०१ नम्बरको ट्रक बुधवार नेपालगञ्जबाट दैलेख जाँदै गर्दा दैलेखको गुराँस गाउँपालिका–४ तालपोखरीमा दुर्घटना भएको ...

चैत ८, २०७९

मन्त्रिपरिषद्को सोमवारको निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई २ लाख रुपैयाँ राहत दिन सरकारले बुधवारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ ।  मन्त्रिपरिषद् बैठकले ‘प्रमाणीकरण भएका द्वन्द्वकाल...

चैत ७, २०७९

कलंकी–कोटेश्वर खण्डअन्तर्गत खसीबजारदेखि बल्खुसम्मको सडकको 'सर्भिस लेन' डोजर लगाएर भत्काउन थालिएको छ । करीब साढे २ किलोमिटर सडकको पिच भत्काएर पुन: नयाँ पिच गर्न लागिएको हो । सामान्य रूपमा ह...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x