
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यविधि तथा पुरस्कार समितिले गरेको छनोटका आधारमा पत्रकारहरूलाई पुरस्कृत गरिएको प्रस्ट पारेको छ ।
अख्तियार स्थापना दिवसको अवसरमा केही सञ्चारकर्मीलाई जनही २० हजार रूपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो ।
पुरस्कृत गर्दाको आधारबारे प्रश्न उठेपछि अख्तियारले यसको पारदर्शिताका सम्बन्धमा प्रस्ट पारेको हो ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले पुरस्कार प्रयोजनका माग गरिएका समाचार तथा लेख रचनालाई मूल्यांकन गरी मूल्यांकन समितिले गरेको सिफारिशका आधारमा छनोट गरिएको बताए ।
अख्तियारका प्रवक्ता भण्डारीकै संयोजकत्वमा गठित मूल्यांकन समितिमा अख्तियारका १ जना सहन्यायाधिवक्ता, सहायक प्रवक्ता, उपसचिव, सूचना तथा प्रसारण विभागका निर्देशक, प्रेस काउन्सिलका प्रतिनिधि, नेपाल पत्रकार महासंघका पदाधिकारी सदस्य थिए ।
प्राप्त भएका समाचार तथा लेख रचनाको मूल्यांकन गरी उत्कृष्टलाई पुरस्कृत गरिएको भण्डारीले प्रस्ट पारे ।
हेर्नुहोस्, सम्बन्धित कागजात :








