
काठमाडौं, ८ भदौ — धेरै मानिसलाई च्याउ (मशरूम) खान मीठो लाग्छ । मशरूमका अनेकथरी डिश बनाउन मिल्छ । यहाँ हामी तपाईंलाई तन्दूरी मशरूम बनाउन सिकाउँछौं ।

सामग्री
४०० ग्राम मशरूम
१०० ग्राम दही
आधी चम्चा खुर्सानीको धूलो
एक सानो चम्चा गरम मसला
आधी चम्चा चाट मसला
आधी चम्चा रातो खुर्सानी
एक ठूलो चम्चा तेल
एक सानो चम्चा चूक अमिलो
एक ठूलो चम्चा कागतीपानी
५० ग्राम क्रीम चीज
दुईवटा प्याज (मसिनो गरी काटिएको)
दुईवटा टमाटर (मसिनो गरी काटिएको)
एक चम्चा अदुवा–लसूनको पेस्ट
नून स्वादअनुसार
विधि
सबभन्दा पहिले दही, अदुवा–लसून पेस्ट, खुर्सानीको धूलो, खुर्सानी, गरम मसला, चाट मसला, चूक अमिलो र नून मिसाएर मिश्रण तयार गर्नुस् ।
त्यसपछि मशरूमको भित्री भाग चक्कुले निकालेर खाली गराउनुस् ।
अब मशरूमलाई आधा घन्टा मिश्रणमा डुबाएर राखिदिनुस् । त्यहाँबाट निकालेपछि एउटा सुईरोमा उनेर २०० डिग्री सेल्सियसमा राखेर पाँच मिनेटका लागि ग्रिल गर्नुस् ।
त्यहाँबाट निकालेर त्यसमा कागतीपानी र चाट मसला लगाएर पस्किनुस् ।
एजेन्सी