
राष्ट्रपति विद्यादेवी भण्डारी आज मंगलबार अस्पतालको नवनिर्मित भवन उदघाटन गर्न मकवानपुरको हेटौंडा जाँदैछिन् । उनी दिउँसो १२ बजे हेलिकप्टरमार्फत त्यहाँ जाने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले मकवानपुरमा रहेको प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ। राष्ट्रपति भण्डारी १२ बजे हेलिकोप्टरमा हेटौंडा जाने र अस्पताल भवनको उद्घाटनपश्चात् पुनः आजै काठमाडौं फर्किने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ ।