१४ असार २०८३, आइतबार

अमेरिकासँग सैन्य सम्बन्ध बढाउने ताइवानकी राष्ट्रपतिको भनाइ

फागुन ९, २०७९
अमेरिकासँग सैन्य सम्बन्ध बढाउने ताइवानकी राष्ट्रपतिको भनाइ

ताइवानले अमेरिकासँगको सैन्य सम्बन्धलाई थप बढाउन खोजको त्यहाँकी राष्ट्रपति त्साई इङ–वनले बताएकी छन् । 

ताइवान भ्रमणमा आएका अमेरिकी सांसदहरूको समूहसँग कुरा गर्दै त्साईले निरंकुशताको विस्तारको सामना गर्न अमेरिका तथा अन्य मित्रराष्ट्रहरूसग सम्बन्ध विस्तारमा जोड दिने बताएकी हुन् । 

अमेरिकाका दुवै दलका सांसदहरू आइतवार ताइवान पुगेका हुन् । चीनको जासूसी भनिएको बलून अमेरिकी आकाशबाट खसाइएपछि दुई देशबीच बढेको तनावकै क्रममा अमेरिकी सांसदहरू ताइवान पुगेका हुन् । 

अन्य धेरै मुलुक जस्तै अमेरिकाले पनि ताइवानसँग औपचारिक कूटनीतिक सम्बन्ध राखेको छैन । तर ताइवानको समर्थन गर्ने अनि उसलाई सबभन्दा बढी हतियार उपलब्ध गराउने मुलुक अमेरिका नै हो ।

अमेरिकाले ताइवानमा सैन्य अखडा नराखेको भए पनि उनीहरूबीचको सैन्य सम्बन्ध बढ्दै गएको छ । चीनले ताइवानमाथिको दबाब बढाउँदै जाँदा अमेरिका र ताइवानले सम्बन्ध घनीभूत बनाएका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्