०२ असार २०८३, मंगलबार

भारतसहितका क्वाड मुलुकले मालाबार अभ्यास गर्दै, अस्ट्रेलियामा हुने

फागुन ९, २०७९
भारतसहितका क्वाड मुलुकले मालाबार अभ्यास गर्दै, अस्ट्रेलियामा हुने

हिन्द प्रशान्त क्षेत्रका चार मुलुकहरूबीच सैन्य सहकारवाहीलाई मूर्त रूप दिने मालाबार जलसैन्य अभ्यास आगामी अगस्ट महिनामा अस्ट्रेलियामा गरिनेछ । 

क्वाडमा रहेका भारत, अस्ट्रेलिया, जापान र अमेरिकाका जलसेनाले अभ्यासमा भाग लिनेछन् । 

मालाबार अभ्यासको २७औं संस्करणमा भारतले आफ्ना अग्रपंक्तिका युद्धपोतका साथै पी–८आई लामो दूरीको जलक्षेत्र गश्ती विमान पनि पठाउने द टाइम्स अफ इन्डियाले खबर दिएको छ । 

सन् १९९० को दशकमा भारत र अमेरिकाबीचको द्विपक्षीय सैन्य अभ्यासका रूपमा शुरू भएको मालाबारमा जापानलाई सन् २०१५ मा अनि अस्ट्रेलियालाई सन् २०२० मा सहभागी गराइएको हो । 

अस्ट्रेलियाले भारतलाई जुलाई २१ देखि शुरू हुने ट्यालिस्मान सेबर नामक सैन्य अभ्यासमा पनि डाकेको छ । त्यसमा अमेरिका र अन्य मुलुकहरू पनि सहभागी हुनेछन् । 

चीनको सामना गर्नका लागि यी अभ्यासहरू भइरहेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्