२८ असार २०८३, आइतबार
आईसीसी लिग-२

रोहितको कप्तानी पारीमा स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित

रोहितको कप्तानी पारीमा स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित

कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले स्कटल्यान्डसामु रोमाञ्चक जित निकालेको छ। 

आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक ओडीआईको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हराउन सफल भयो। 

२१३ रनको लक्ष्य पछ्याएको नेपालले ३५ बल बाँकी छँदै जित निकाल्न सफल भयो। 

त्रिवि क्रिकेट मैदानमा धर्मराइसकेको अवस्थामा पनि कप्तान रोहितले नेपाललाई जित दिलाए। करन केसीसँग रोहितले नटआउट साझेदारी गरे। केसीसँग रोहितले ७५ रनको पार्टरनसिप खेले। 

ओपनर कुशल भुर्तेललाई १ रनमै गुमाएको नेपाल शुरूदेखि नै धर्मराएको अवस्थामा थियो। ब्याटरहरू लगातार पेभिलियन फर्किएपछि नेपालको जितको आशा झिनो बनेको थियो। यस्तोमा कप्तान रोहितले नेपालको इनिङ उकासे।

रोहितबाहेक नेपालका लागि करन केसीले नटआउट ३१ रन जोडे। 

अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लले जम्मा २१ रन बनाए भने आशिफ शेख १२, कुशल मल्लले १७ रन जोडे। अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन्।  

१० ओभर गरेका ​नेपालका सन्दीप लामिछानेले ४५ रन दिएर ४ विकेट लिए भने करन केसीले ३ विकेट लिए। त्यस्तै ललित राजवंशी र कुशल मल्लले १/१ विकेट लिए। 

स्कटल्यान्डका मार्क वाटले ३ तथा क्रिस ग्रेभ्सले २ विकेट लिए।  

योसँगै नेपालले यस लिगअन्तर्गत त्रिवि क्रिकेट मैदानमा खेलिएका सबै खेलमा नेपाल विजयी भएको छ। 

salt training

कमेन्ट गर्नुहोस्