×

NIC ASIA

अभ्यस्त पिचबाट सफलता निकाल्यौँ- कप्तान रोहित

फागुन ९, २०७९

Prabhu Bank
NTC
Premier Steels

स्कटल्याण्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक श्रृंखला स्वीप गरेपछि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले अभ्यस्त पिचबाट नेपाली टोलीले सफलता निकालेको बताएका छन्। 

Muktinath Bank

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न श्रृंखलाको अन्तिम खेलमा नेपालले च्याम्पियन स्कटल्याण्डमाथि २ विकेट रोमाञ्चक जितपछि कप्तान पौडेलले घरेलु मैदानमा गरेको अभ्यासले सफलता मिलेको बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाललाई रोमाञ्चक जित दिलाएका रोहितले जितपछि आफूलाई निकै राहत मिलेको बताए।


Advertisment
Nabil box
Kumari

यही श्रृंखला क्लिन स्विप भएपछिको पत्रकार सम्मेलनमा कप्तान रोहितले अभ्यस्त मैदानमा सफलता मिलेको बताए।

Vianet communication

उनले यूएईमा हुन लागेको अर्को श्रृंखलामा पनि यसै लयलाई निरन्तरता दिने लक्ष्य लिएको बतचाए। दुबईमा हुने श्रृंखलाका लागि खेलाडीको विषयमा छलफल भइरहेको समेत जानकारी दिए। 

नयाँ प्रशिक्षकको नियुक्त भएसँगै ब्याटिङ सुधारमा केन्द्रित भएको टोलीले सम्पन्न श्रृंखलाबाट सुधारको संकेत दिएको छ ।

यसै श्रृंखलामा नेपाली खेलाडीको व्यक्तिगत तथ्यांकमा उल्लेख्य सुधार आएको छ भने नेपालले सर्वाधिक रनको लक्ष्यलाई पनि पछ्याउँदै कीर्तिमान रच्न सफल भएको छ ।

श्रृंखलाको अन्तिम खेलमा सफलता निकालेपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक मोन्टी देशाईले खेलाडीलाई दिएको जिम्मेवारी सही तरिकाले प्रयोग गर्दा सफलता मिलेको बताए।

घरेलु दर्शकको उल्लासपूर्ण साथले खेलाडीले घरेलु मैदानमा पसिना बगाएर यादगार श्रृंखला बनाउँदा आफूलाई पनि खुशी भएको उनले प्रतिक्रिया दिए ।

प्रशिक्षकको रूपमा नियुक्त भएपछि आफूले खेलाडीमा सम्भावना देखेको र उनीहरूको खुबीलाई निखार्ने प्रयास गर्दा मिलेको सफलतामा खुशी व्यक्त गरे। नेपाली खेलाडी पनि प्रतिस्पर्धात्मक खेल खेल्न सक्छन् भन्ने विश्वास भएको उनको भनाइ थियो। 

मंगलबार सम्पन्न श्रृंखलाको अन्तिम खेलमा कप्तान पौडेल र करण केसीले ७५ रनको साझेदारी गरेपछि नेपालले विश्वकप क्रिकेट लिग–२ को च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित निकालेको थियो ।

अब नेपाल लिग–२ श्रृंखला अन्तगर्त खेलका लागि नेपालले यूएई भ्रमण गर्ने तालिका छ ।

भ्रमणमा नेपालले यूएई र पपुवा न्युगिनीसँग श्रृंखला खेल्नेछ।

लिग–२ मा नेपाल २८ खेलबाट  १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ ।

बाँकी रहेको ८ खेलमा कम्तीमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x