१० साउन २०८३, आइतबार

‘भनेकै ठाउँमा सरुवा हुन्छ भन्ने नसोच्नुहोला’

फागुन १०, २०७९
‘भनेकै ठाउँमा सरुवा हुन्छ भन्ने नसोच्नुहोला’

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारीको सरुवामा अब कसैको भनसुन नचल्ने बताएका छन् । विराटनगरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन प्रदेश १ को दोस्रो सम्मेलनमा उनले त्यस्तो बताएका हुन् ।  

कर्मचारी सरुवाको बेथिति न्युनीकरणका लागि केही नीतिगत व्यवस्था गर्ने बताउँदै मन्त्री मोदीले भने, “सरुवामा नेताले भनिदिनुपर्ने वा नेतालाई भन्न लगाएर सुगम ठाउँमा बस्ने जुन प्रवृत्ति छ, त्यसको अन्त्य गर्छौ ।”

भर्खरै बढुवा भएका उपसचिवलाई कसैको कुरा नसुनीकन स्थानीय तहमा पठाएर भनसुन प्रवृत्ति अन्त्यको थालनी गरेको समेत मन्त्री मोदीले बताए । भनसुन अन्त्यका लागि सुरुवात आफ्नैबाट गर्नुपर्ने बताउँदै मन्त्री मोदीले पार्टी निकट कर्मचारीलाई भने, “हाम्रै पार्टीको प्रधानमन्त्री छन्, हाम्रै पार्टीको मन्त्री छन्, अब जे भन्यो त्यही हुन्छ भन्ने तपाईहरुले सोच्नुभएको छ भने त्यो भ्रम हो ।”

ट्रेड युनियनमार्फत् राजनीतिमा सक्रिय कर्मचारीहरुले पनि पहिला जनताको सेवालाई प्राथमिकता राख्नुपर्छ उनले भने । जनताको सेवाभन्दा बढी राजनीतिमा क्रियाशील भएको पाइए निर्मम भएर कानुनी कारबाही गरिने मन्त्री मोदीले चेतावनी दिए ।

salt training

कमेन्ट गर्नुहोस्