२६ असार २०८३, शुक्रबार

सहमति तोडे प्रचण्ड नेतृत्वको सरकार ढल्छ : पूर्वमन्त्री अर्याल

फागुन १०, २०७९
सहमति तोडे प्रचण्ड नेतृत्वको सरकार ढल्छ : पूर्वमन्त्री अर्याल

नेकपा (एमाले) का केन्द्रीय सचिव तथा पूर्व कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा अर्यालले गत पुस १० गते भएको सहमति तोडे माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने चेतावनी दिएकी छन् । म्याग्दी सदरमुकाम बेनीमा मंगलबार पार्टीको कार्यक्रममा उनले त्यस्तो चेतावनी दिएकी हुन् । 

पुस १० गतेको सहमतिअनुसार राष्ट्रपति पद एमालेले पाउनुपर्ने उनको भनाइ छ । विभिन्न बाहनामा माओवादी केन्द्र सहमतिबाट पछि हटेमा राजनीति अर्को कोर्समा जाने उनको दावी छ । 

पूर्वमन्त्री अर्यालले माओवादीले सहमति तोडे एमाले अन्य विकल्पमा जाने बताइन् । एमाले र कांग्रेसको समीकरण पनि हुनसक्ने उनको भनाइ छ । राजनीतिक अस्थिरताको मार मुलुक र जनतालाई थोपर्न नहुने भन्दै उनले वर्तमान राजनीतिक समिकरणले नै निकास दिने बताइन् । त्यसमा माओवादी केन्द्र इमान्दार बन्नुपर्ने उनको सुझाव छ । 

salt training

कमेन्ट गर्नुहोस्