१९ असार २०८३, शुक्रबार

प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै

फागुन १०, २०७९
प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बस्नेछ । बैठकमा  ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । 

त्यस्तै, आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले उक्त प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयका महासचिव डा. भरत गौतमले बताए ।

त्यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले  ‘सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पनि संसदमा पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्