२९ असार २०८३, सोमबार

भारतले नेपाललाई भन्यो, ‘संविधानमा सबैलाई समेटेर अगाडी बढ’

कात्तिक २०, २०७४
भारतले नेपाललाई भन्यो, ‘संविधानमा सबैलाई समेटेर अगाडी बढ’

नयाँ दिल्ली ८ भदौ — संविधानमा असन्तुष्ट समूदायका माग सम्वोधन गरेर नेपाल अगाडि बढ्नुपर्ने यसअघिको अडान भारतले दोहोर्याको छ । यसले नै नेपालमा राजनीतिक स्थीरता, सद्भाव र आर्थिक समृद्धि हासिल हुने भारतको भनाइ रहेको छ ।jai-650_012915123629

बिहीवार साँझ भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव एस जयशंकरले मधेश केन्द्रित दलहरुको नामै नलिइ नेपालले असन्तुष्ट सबै तप्काका माग सम्वोधन गर्नुपर्ने बताए ।

‘समाजका सबै तप्कालाई सँगै लिएर हिँड्ने प्रयासलाई नेपालले जारी राख्नु पर्छ’ उनले भने, ‘यसले नै नेपालमा राजनीतिक स्थिरता कायम गर्छ ।’ संविधान संशोधन कहिले र कसरी गर्ने भन्ने बिषय नेपालको आन्तरिक मामिला भएको उनले बताए ।

संविधान संशोधनको प्रयास असफल भएपनि मधेस केन्द्रित दलका माग सम्वोधन गर्नुपर्ने अडान कायमै राखेको भारतले संकेत गरको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा नेपालका प्रधामनन्त्री शेरबहादुर देउवाले असन्तुष्ट समूहका माग सम्वोधन गर्न संविधान संशोधनलाई पुनः अगाडी बढाउने बताएका थिए ।timthumb

खुल्ला सीमानाको दूरुपयोग नहोस भन्ने बिषयमा प्रधामनन्त्री देउवासँग छलफल भएको उनले बताए । खुल्ला सीमानाका कारण आउन सक्ने सुरक्षा चुनौती सामना थप सजगता अपनाउनु पर्ने कुराकानी भएको उनने बताए ।

दोक्लाम र कालापानीबारे सोधिएको प्रश्नमा जवाफ दिएनन्
पत्रकार सम्मेलनमा भारतीय पत्रकारहरुले दोक्लामको भारत–चीन सीमामा भइरहेको विबादबारे नेपालसँग कुनै कुनै कुरा भयो कि भनेर प्रश्न गरेका थिए ।

तर विदेश सचिव जयशंकरले दोक्लम विबादबारे कुरै नभएको बताए । अन्तिम प्रश्न कालापानी विबादको बिषयमा सोधिएको थियो । त्यस बिषयमा भने शंकरले केही बोलेनन् ।

salt training

कमेन्ट गर्नुहोस्