२८ जेठ २०८३, बिहीबार

मोटरसाइकल दुर्घटनामा घाइते २ जनाको मृत्यु

कात्तिक २०, २०७४
मोटरसाइकल दुर्घटनामा घाइते २ जनाको मृत्यु


रुपन्देही, ८ भदौ - रुपन्देही देवदह नगरपालिका भलुहीमा मोटरसाइकल एकापसमा ठोक्किँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा आज मृत्यु भएको छ ।accident

मृत्यु हुनेमा बुटवल–१६ का सुमुन कुँवर र सुनवल नगरपालिका वडा नं २ का दिवाकर यादव छन् । उनीहरुको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि उक्त दुर्घटनामा रुपन्देही पर्रोहा नगरपालिकाका २४ वर्षीय खेमराज थापा र नवलपरासीे रामग्रामका २५ वर्षीय सुरज चौधरीको मृत्यु भएको थियो ।

थापाले चलाएको लु२३प १०२८ नं र चौधरीले चलाएको लु३३प ७०८३ नंको मोटरसाइकल आज दिउँसो एकापसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्