२१ असार २०८३, आइतबार
राष्ट्रपति निर्वाचन

तीन दलको बैठकपछि प्रचण्डले भने– भोलि फेरि एमाले अध्यक्षसँग छलफल गर्छु

फागुन ११, २०७९
तीन दलको बैठकपछि प्रचण्डले भने– भोलि फेरि एमाले अध्यक्षसँग छलफल गर्छु

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको विषयमा दलहरुबीच छलफल चलिरहेको बताएका छन् । उनले सबैसँग छलफल चलिरहेको भन्दै शुक्रबार एमाले अध्यक्ष केपी ओलीसँग पुनः एकपटक छलफल गरिने बताए । यद्यपि कसैसँग पनि हालसम्म राष्ट्रपतिको विषयमा सहमति नभएकाे उनको भनाइ छ ।

सिंहदरबारमा माओवादी केन्द्रसहित एकीकृत समाजवादी र जनता समाजवादीसँगको बैठकबाट बाहिरिने क्रममा उनले भने, ‘छलफल चलिरहेको छ । सहमति भएको छैन । भोलि एमाले अध्यक्षसँग पनि मेरो छलफल छ । सबैको सबैसँग चलेको छ । केही टुंगो भएको छैन ।’

salt training

कमेन्ट गर्नुहोस्