
राष्ट्रपतिको विषयलाई लिएर बसेको तीन दलको बैठकले कुनै पनि ठोस निर्णय गर्न नसकी बैठक टुंग्याएको छ।
राष्ट्रपतिको निर्वाचनका लागि निर्णायक रहेका नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जसपाको बैठक अहिले राति पौने ८ बजे सकिएको हो।
उक्त बैठक सकेर निस्किएका सबैजसो नेताहरूले छलफल तीव्र रहेको बताए पनि ठोस निर्णय भने नभएको सञ्चारकर्मीसँग जानकारी दिए।
बैठकपछि नेकपा एकीकृत समाजवादीकाउपहासचिव प्रकाश ज्वालाले नेकपा माओवादी र नेकपा एस र जसपाबीच वाम-समाजवादी मोर्चा बनाउने विषयमा छलफल भएको जानकारी दिए। बैठक बसेका तीन वटा पार्टीबीच चुनावअघि नै कार्यगत एकता गर्ने सहमति भएको बताए।
माधव नेपाललाई राष्ट्रपति बनाउने विषयमा के भन्ने पत्रकारको प्रश्नमा उनले भने, 'ठीक छ माधव नेपाललाई राष्ट्रपति बनाउने सन्दर्भमा छलफल हुने नै भयो, यो स्वाभाविक पनि हो, हाम्रो पार्टीको तर्फबाट स्वाभाविक रूपमा कंग्रेससँग अरू दुई वटा पार्टीसँग या विभिन्न पार्टीहरूसँग राष्ट्रपति निर्वाचनका बारेमा छलफल गर्नेछौँ।'
यस विषयमा सबै दलसँग छलफल गर्ने उनले बताए। 'राष्ट्रिय सहमतिको उम्मेदवार हाम्रो पार्टीबाट भयो भने त्यसलाई अस्वीकार गर्ने कुरा भएन,' बैठकपछि उनले भने।
उनले पुरानो गठबन्धन ब्युँताउने र नेकपा ब्युँताउने दुवै विषयमा छलफल भने नभएको कुरा भएन।'
भोलि कांग्रेससँग बसेर थप छलफल गर्ने भन्दै नेताहरु उठेका छन् ।
‘हामीले राष्ट्रपति निर्वाचनका सन्दर्भमा व्यापक रुपमा छलफल गर्यौं । प्रधानमन्त्रीज्यूले भने जस्तै राष्ट्रिय सहमतिको उम्मेदवारका रुपमा हाम्रो अध्यक्षलाई प्रस्तावित गरेका छौं,’ ज्वालाले भने ।
तत्कालीन गठबन्धन ब्युँताउने सन्दर्भमा ठोस कुराकानी नभएको उनको भनाइ छ । तीन पार्टीहरुबीच चुनावअघि तयारी गरिएजस्तै वाम समाजवादी मोर्चा बनाएर जाने विषयमा पनि छलफल भएको ज्वालाले जानकारी दिए ।