
झापा प्रहरीले बैंकिङ मुद्दाका फरार एक जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार ईलाम इजलास, इलामको गत जेठ १८ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिबादी फणिन्द्र पन्दाकलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनका लागि खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
अदालतले तोकेको ७ दिन कैद र १३ लाख २० हजार रुपैयाँ जरिवाना सहितको फैसला कार्यान्वयनका निमित्त झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको प्रवक्ता रिजालले बताए । अदालतको आदेशअनुसार पन्दाकलाई कैद भुक्तानका लागि कारागार कार्यालय झापा पठाइएको उनले बताए ।