३१ असार २०८३, बुधबार
राष्ट्रपति चयनको सकस

चार दलको बालुवाटार बैठक लम्बियो

फागुन १२, २०७९
चार दलको बालुवाटार बैठक लम्बियो

राष्ट्रपति उम्मेदवारमा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठक लम्बिएको छ ।

सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) तथा  सरकारबाहिर रहेका नेपाली कांग्रेस, जसपा र एकीकृत समाजवादीको बैठक बिहान करीब ९ बजेदेखि बसिरहेको हो । 

यो समाचार तयार पार्दा (मध्याह्न पौने १२ बजे)सम्म बैठक जारी छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल तथा जसपा अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी छन् ।

कांग्रेसहितको बैठकपछि माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गर्दैछन् । 

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि भोलि शनिवार उम्मेदवार मनोनयनको कार्यतालिका छ । शुक्रवारसम्म उम्मेदवारबारे सहमति जुटेको छैन । 

पुस १० गते भएको सहमतिअनुसार राष्ट्रपति आफूले पाउनु पर्ने एमालेको दाबी रहँदै आएको छ ।

नेपाली कांग्रेस भने राष्ट्रपतिमा माओवादीले आफूहरूलाई समर्थन गर्ने विश्वासमा छ । 

salt training

कमेन्ट गर्नुहोस्