११ साउन २०८३, सोमबार
सन्दीपको निवेदन

सन्दीपको मागमा सर्वोच्चको आदेश– ढिला गर्दा निवेदनको मर्म मर्ने देखियो, आइतवार नै पेश गर्नू

फागुन १२, २०७९
सन्दीपको मागमा सर्वोच्चको आदेश– ढिला गर्दा निवेदनको मर्म मर्ने देखियो, आइतवार नै पेश गर्नू

क्रिकेटर सन्दीप लामिछाने यूएई जान पाउने कि नपाउने भन्ने टुंगो आइतवार मात्र लाग्ने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले सन्दीपको निवेदनलाई यसै प्रकरणसम्बन्धी अर्को मुद्दासँगै राखेर आइतवार पेश गर्न आदेश दिएको हो ।

सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सरकारले सर्वोच्चमा पुनरावेदन गरेको छ । उक्त पुनरावेदन समेत शुक्रवार पेशीमा चढे पनि सुनुवाइ हुन सकेन ।

'दुवै निवेदनलाई आइतवार एक साथ राखेर सुनुवाइ गर्ने आदेश भएको छ,' सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले लोकान्तरलाई जानकारी दिए ।

न्यायाधीश खतिवडाले यस विषयको टुंगो लगाउन ढिलाइ गर्दा निवेदनको मर्म नै मर्ने भएकाले अग्राधिकार दिएर सुनुवाइ गर्न आदेश दिएका छन् ।

'आगामी हप्ता नै खेलिने अन्तर्राष्ट्रिय क्रिकेट खेलसँग सम्बन्धित विषय देखिएको र उल्लिखित निवेदनउपरको सुनुवाइमा ढिलाइ हुन गएमा निवेदनको मूल प्रयोजन नै समाप्त हुन जाने समेत देखियो । तसर्थ प्रस्तुत विषयमा तत्काल सुनुवाइ गर्न आवश्यक देखिएकाले प्रस्तुत निवेदनलाई २०७९-RE-0136 को प्रतिवेदनसँग लगाउमा साथै राखी महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको जनाउ दिई सुनुवाइका लागि अग्राधिकार समेत प्रदान गरी २०७९ फागुन १४ गते संयुक्त इजलासमा पेश गर्नू,' सर्वोच्चको आदेशमा भनिएको छ ।  

नाबालिग बलात्कारको आरोपमा सन्दीपमाथि जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ । जिल्ला अदालतले सन्दीपलाई पूर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले त्यसलाई उल्ट्याउँदै धरौटीमा छाडेको थियो ।

धरौटीमा छाड्ने क्रममा सन्दीपलाई विदेश जान रोक लगाइएको छ । सोहीविरुद्ध सन्दीप निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।

आगामी साता यूएईमा हुने क्रिकेट प्रतियोगिता खेल्न पाउनुपर्ने सन्दीपको माग छ ।

हेर्नुहोस् आदेश :

null

salt training

कमेन्ट गर्नुहोस्