११ साउन २०८३, सोमबार

चित्रबहादुरको कटाक्ष- आलंकारिक राष्ट्रपतिका लागि दलहरूको दौडधुपले स्तर गिरायो

फागुन १२, २०७९
चित्रबहादुरको कटाक्ष- आलंकारिक राष्ट्रपतिका लागि दलहरूको दौडधुपले स्तर गिरायो
फाइल तस्वीर

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिको पदलाई कार्यकारी बनाउने खेल भइरहेको बताएका छन्। 

शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष केसीले राष्ट्रपतिको पदलाई सक्रिय बनाउन खोज्नुले जनतामाझ नराम्रो सन्देश गएको बताए।

दलहरूले राष्ट्रपतिलाई सक्रिय बनाउन खोजेसँगै शक्ति राष्ट्रहरूको पनि दौडधुप बढेको उनले बताए।

शक्ति राष्ट्रहरूको बढ्दो आवतजावतले राजनीतिक पार्टीहरूको स्तर पनि गुमाएको उनको भनाइ थियो। 

उनले भने, ‘सबभन्दा समस्या त के भयो भने एउटा आलंकारिक राष्ट्रपतिका लागि यस खालको हल्ला, यस खालको शक्ति राष्ट्रहरूको पनि आवतजावत यसले राजनीतिक पार्टीहरूको स्तर असाध्यै गिराएको छ । त्यसकारणले अलांकारिक राष्ट्रपतिलाई सक्रिय कार्यकारी राष्ट्रपतिको रूपमा प्रयोग गर्न पल्केकाहरूले असाध्यै यो खेल खेलेका छन् । यसले गर्दाखेरि धेरै नराम्रो सन्देश गएको छ नेपाली जनताको बीचमा । आलंकारिक राष्ट्रपतिलाई कार्यकारीको रूपमाझैँ जुनखालले खेल भएको छ, र यिनका कमजोरीबाट शक्तिराष्ट्रहरूको पनि दौडधुप छ । यसले गर्दाखेरि यो नेपाली जनताको बीचमा मात्रै होइन, दुनियाँका अगाडि राम्रो सन्देश गएको छैन ।’

उनले नेपाली कांग्रेससहितको पुरानो ५ दलीय गठबन्धन बन्न लागेको बताए। नयाँ सरकार बने पनि राष्ट्रिय जनमोर्चाको नीति सरकारमा जाने नरहेको स्पष्ट पारे। 

salt training

कमेन्ट गर्नुहोस्