१० साउन २०८३, आइतबार
बालुवाटार बैठक

राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने ८ दलको निर्णय

फागुन १२, २०७९
राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने ८ दलको निर्णय

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा लगायत ८ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार साँझ बसेको बैठकले कांग्रेस उम्मेदवरालाई ससमर्थन गर्ने निर्णय गरेको बैठकमा सहभागी नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए। ाए

कांग्रेसलाई राष्ट्रपति दिने एउटा मात्र एजेण्डामा छलफल भएको र टुंगो लगाएको उनले बताए। 'को उम्मेदवार हुन्छ अब त्यो नेपाली कांग्रेसले टुंगो लगाउँछ,' बैठकपछि ज्वालाले बताए। 

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि भोलि शनिबार उम्मेदवार मनोनयन गर्ने कार्यसूची छ ।

उम्मेदवार भने कांग्रेसले निर्णय गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्