
नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिने भएको छ ।
नेसपाको बैठकले आगामी फागुन २५ गते हुने चुनावमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो ।
नेसपाले राष्ट्रपति चुनावका सन्दर्भमा बनेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निर्णय पनि गरेको छ ।
नेसपासँग २५४ मतभार छ । नेसपाका संघीय संसदमा २ र प्रदेश सभामा २ जना सांसद छन् ।