३१ जेठ २०८३, आइतबार

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कात्तिक २०, २०७४
जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तु, ९ भदौ– कपिलवस्तुको कृष्णनगर–८ बहादुरगञ्जमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

लु १ ज ५६० नम्बरको जिपले बिहीबार साँझ लु २८ व १०२४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरी जिल्ला पिपरा नगरपालिका –७ का ५५ वर्षीय उदयकान्त झाको ज्यान गएको हो ।

कृष्णनगरबाट चन्द्रौटा आउँदै गरेको जिपले कृष्णनगर–८, बहादुरगञ्ज चोकमा मोटरसाइकललाई ठक्कर दिएको थियो । जिपको अगाडिको पाङ्ग्रा फुस्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बहादुरगञ्जले जनाएको छ ।

जिपको पाङ्ग्रा फुस्किँदा अर्को एक मोटरसाइकल नं लु ७ प ८३५ लाई पनि सामान्य ठक्कर दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्