२८ जेठ २०८३, बिहीबार

रामचन्द्र पौडेलले भने- गणतान्त्रिक लोकतन्त्रको रक्षालाई मूलमन्त्र बनाएको छु

फागुन १३, २०७९
रामचन्द्र पौडेलले भने- गणतान्त्रिक लोकतन्त्रको रक्षालाई मूलमन्त्र बनाएको छु

नेपाली कांग्रेसको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेलले संविधान र गणतान्त्रिक लोकतन्त्रको रक्षालाई आफूले मूलमन्त्र बनाएको बताएका छन् ।

महेन्द्रनारायण निधिको १०१ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले गणतन्त्रलाई संस्थागत गर्नुपर्ने अहिलेको प्रमुख विषय भएको बताए। ​

‘समसामयिक राजनीतिमा जो मान्छे सच्चा रूपले स्वतन्त्रताप्रेमी हुन्छ त्यो सच्चा प्रजातन्त्रवादी र राष्ट्रवादी हुन्छ । प्रजातन्त्रवादी राष्ट्रवादी छ कि छैन भन्नेमा शंकामा हुन्छ,' उनले भने, 'राष्ट्रवादलाई प्रजातन्त्रविरुद्ध प्रयोग गर्ने काम पनि भएको छ । १७ सालको भाषा प्रस्तुत हुन थालेका छन् । यो सहन सकिँदैन।’

पौडेलले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्ने बताए।

शान्ति प्रक्रियालाई परिणामलाई पुर्‍याएर यो देशमा समृद्धि हासिल गर्नुपर्ने उनको भनाइ थियो। 

पौडेलले महेन्द्रनारायण् निधिसँग स्वाभिमान र आत्मविश्वास रहेको भन्दै नेपालीमा पनि राष्ट्रिय आत्मविश्वास आवश्यक भएको र राष्ट्रिय आत्मसम्मानलाई बचाउनुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्