०३ असार २०८३, बुधबार

भारतले आफ्नै गालामा थप्पड हान्यो : चीन

कात्तिक २०, २०७४
भारतले आफ्नै गालामा थप्पड हान्यो : चीन

काठमाडौं, १०  भदौ — भारतले लद्दाखस्थित पांगोङ तालनजिक २० किलोमिटर सडक बनाउने निर्णय गरेपछि चीनले चेतावनी दिँदै यस्तो कामले दोक्लाम विवादलाई झनै चर्काउने बताएको छ ।


‘समाचार पढ्ने हो भने भारतीय पक्षले आफ्नो गालामा आफैं थप्पड हानेजस्तो देखिन्छ । चीनले हालै बनाएको सडकलाई भारतीय पक्षले ध्यान दिइरहेको छ तर भारतका आफ्नै कर्मले चाहिँ ऊ एउटा कुरा भन्ने अनि अर्को कुरा गर्ने देखिएको छ । सीमाका मामिलामा उसका शब्द र कर्महरू पूर्णतया विपरीत छन्,’ चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले बिहीवार बताइन् ।

भारतको यो कदम क्षेत्रको शान्तिका लागि उपयुक्त नभएको बताउँदै हुआले भारतले सडक बनाउने योजना बनाएको सीमाको पश्चिमी क्षेत्र निर्धारण नगरिएको बताइन् ।

भारतको गृह मन्त्रालयले मार्सिमिक लाबाट लद्दाखको तातोपानीसम्म सडक बनाउने कामलाई स्वीकृत गरेको छ ।

नियन्त्रण रेखाबाट यो ठाउँ नजिक छ र यहीँ नै केही दिनअघि भारतीय र चिनियाँ सैनिकबीच झडप भएको थियो ।

दोक्लाम विवादमा हुआले भारतले सैनिक तत्कालै फिर्ता बोलाएर विवाद साम्य पार्नुपर्ने बताएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्