१० साउन २०८३, आइतबार

विधेयक व्यवस्थापन विशेष समिति गठन गर्न प्रदेशसभाको स्वीकृति

फागुन १४, २०७९
विधेयक व्यवस्थापन विशेष समिति गठन गर्न प्रदेशसभाको स्वीकृति

बागमती प्रदेशसभाको बैठकले विधेयक व्यवस्थापन विशेष समिति गठन गर्न स्वीकृति प्रदान गरेको छ । बैठकले १५ सदस्यीय विशेष समिति गठन गर्न स्वीकृति प्रदान गरेको हो ।

उक्त विशेष समितिमा प्रदेशसभाका सदस्यहरू आशा लामा, उद्धव थापा, कुन्दनराज काफ्ले, छिरिङदोर्जे लामा, जयराम थापा, डा दिनेशचन्द्र देवकोटा, प्रकाश श्रेष्ठ, रामकृष्ण चित्रकार, राधिका तामाङ, रत्नप्रसाद ढकाल, वसन्तप्रसाद मानन्धर, शैलेन्द्रमान बज्राचार्य, मधुसुधन पौडेल, सृजना सैजू र सुरेन्द्रराज गोरसाईं छन् ।

यसैगरी सोही बैठकमा  विशेष समयमा ११ जना प्रदेशसभाका सदस्यले प्रदेश सरकारको विभिन्न घटनाक्रमलाई लिएर आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

शनिबार साँझपछि बागमती प्रदेशसभाको अर्को बैठक आज आइतबार दिनको १ बजे बस्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्