०१ असार २०८३, सोमबार

परराष्ट्रमन्त्री पौडेल मानव अधिकार परिषदको बैठकमा भाग लिन जेनेभा जाँदै

फागुन १४, २०७९
परराष्ट्रमन्त्री पौडेल मानव अधिकार परिषदको बैठकमा भाग लिन जेनेभा जाँदै

परराष्ट्रमन्त्री डा. विमला राई पौडेल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा भाग लिन आजै जेनेभा प्रस्थान गर्ने भएकी छन्। 

परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी मन्त्री पौडेल त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिएको हो।

बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री पौडेलले बताइन्।

नेपाल उक्त परिषदको सदस्य राष्ट्र हो । सदस्य राष्ट्रको हैसियतले यस क्षेत्रमा आफूले गरेको प्रगतिबारे अन्तराष्ट्रिय समुदायलाई जानकारी गराउन र बहुपक्षीय तथा द्विपक्षीय छलफलको माध्यम अन्य मुलुकसँगको सम्बन्धलाई अझै बलियो बनाउने अवसरमा रुपमा पनि सो बैठकलाई उपयोग गरिने मन्त्री पौडेलले बताइन्। 

मन्त्री पौडेल सोही बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरूको सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्। 

salt training

कमेन्ट गर्नुहोस्