१९ असार २०८३, शुक्रबार

पोखराको नेपाल बैंकमा आगलागी

कात्तिक २०, २०७४
पोखराको नेपाल बैंकमा आगलागी
पोखरा, ९ भदौ - पोखरा–लेखनाथ महानगरपालिका–९ स्थित नेपाल बैंक लिमिटेडको पृथ्वीचोक शाखामा गएराति १० वजेतिर आगलागी भएको छ । 

विद्युत् सर्ट भई शाखाको काउन्टरमा आगलागी शुरु भएपछि बैंकका सुरक्षा गार्डले तुरुन्तै महानगरपालिकाको बारुणयन्त्रलाई खबर गरेका र बारुणयन्त्र समयमै पुगी आगो निभाएकाले आगो अन्यत्र पैmलन नपाएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । 

आगोले बैंकको काउन्टरमा रहेका पाँचवटा कागजका पोकामा क्षति पु-याएको बताइएको छ । आगोले बैंकको ढिकुटीमा रहेका नोटलाई भने कुनै क्षति नपु-याएको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्