
राष्ट्रियसभाले जनता समाजवादी पार्टी, नेपालका प्रतिनिधिसभाका सांसद शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
आइतबार बसेको बैठकले स्वर्गीय सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ ।
झापाको भद्रपुर निवासी स्वर्गीय सांसद रहमान जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभाको समानुपातिक सांसद थिइन्। हृदयघातका कारण भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचार क्रममा उनको हिजो (शनिबार) निधन भएको थियो।
राष्ट्रियसभाको अर्को बैठक फागुन १५ गते सोमबार अपरान्ह १२ बजेर ३१ मिनेटमा बस्ने गरी बोलाइएको छ ।