
आईएमई पेले पे विथ लिंक बैंक सुविधा थप गरेको छ ।
यो सुविधाअन्तर्गत अबदेखि हरेक बैंक प्रयोगकर्ताहरूले आफ्नो बैंक लिंक गरी आईएमई पेमार्फत सजिलै विभिन्न भुक्तानी सेवाहरू प्राप्त गर्न सक्नेछन्।
यो सेवा प्रयोग गर्ने सेवाग्राहीहरूले बैंक लिंक गरेबापत १०० रुपैयाा र बैंक लिंक गरिसकेपछि प्रत्येक भुक्तानीमा क्यासब्यकका अतिरिक्त विभिन्न अवार्डहरू पनि प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।
टपअपको भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, क्युआर भुक्तानी एवम् क्युएफएक्सको मुभी टिकटमा क्यासब्याकका साथै एयरलाइन्सको टिकट खरिदमा २ सय ५० देखि ७ सय रुपैयाँसम्मको क्यासब्याक बैंक लिंक गरी कारोबार गर्दा प्राप्त हुने जनाइएको छ ।
थपिएको यस सेवाले बैंक प्रयोगकर्ताहरूलाई लिंक बैंकबाट नै सजिलोसँग भुक्तान गर्न मिल्ने विशेषता प्रदान गर्ने बताइको छ।
ठूलो रकमको भुक्तानीमा पनि सीधै पे विथ लिंक बैंक छनोट गरी भुक्तान गर्न सकिनेछ।