
नेपाली सेनाले सुदूरपश्चिममा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूलाई रक्षा संवाददातालाई अभिमुखी कार्यक्रम शुरू गरेको छ।
सुदूरपश्चिम प्रदेशको पृतना हेडक्वार्टरमा ६ दिने कार्यक्रम आज (आइतबार) थालनी भएको हो।
यस पृतनाको जिम्मेवारी क्षेत्रअन्तर्गत कार्यरत संवादाताहरू सहभागी उक्त कार्यक्रम पृतनापति विजय थापाले शुभारम्भ गरेका हुन्। कार्यक्रममा सेनाका रथीवृन्द तथा अधिकृतका साथै रक्षा मन्त्रालयका अधिकारीहरूको उपस्थिति थियो।
उक्त अभिमूखिकरण कार्यक्रममा संवाददाताहरुलाई नेपाली सेनाका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारीहरूबारे प्रस्तुतीकरण तथा अन्तरक्रियासहितको जानकारीमूलक कार्यक्रम सञ्चालन गर्नुका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत इलाकाहरूको भ्रमण गराउने योजना रहेको छ ।