२८ जेठ २०८३, बिहीबार

देशको समस्या समाधान गर्न सबै दल एक हुनुपर्छ : अध्यक्ष नेपाल

फागुन १५, २०७९
देशको समस्या समाधान गर्न सबै दल एक हुनुपर्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशका समस्या समाधान गर्न सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका छन् । आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले त्यस्तो बताए । अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरु देखिएकाले साझा प्रयासले समस्या समाधान हुने बताए ।

नेकपा (एमाले) लगायतका सबै राजनीतिक दलहरु मिलेर नै देशको समस्या समाधान हुने उनले चर्चा गरे । संकटको बेलामा सबै दलहरुले हातेमालो गर्दा राम्रो हुन्छ, नेता नपालले भने– ‘नेपालमाजस्तो किसिमको चुनौतीहरु अहिले देखिएका छन्, ती चुनौतीहरुको सामना गर्न देशका सबै राजनीतिक दलहरू एकजुट भएर लाग्नुपर्छ । सबै मिल्नुपर्छ ।’

अध्यक्ष नेपालले आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका कुराहरु अनुमान र मिथ्या भएको बताए । सहमतिका बारेमा कुरा खोल्ने समय अझै नआएको बताए । वामपन्थी शक्तिहरुसँग मिलेर जाने पहल आफूहरुले गरिरहेको पनि उनले चर्चा गरे । एजेण्डा मिल्नेहरुसँग सहकार्य गर्न आफ्नो दल तयार रहेको नेता नेपालले बताए । उनले भने, ‘वामपन्थी शक्तिहरुलाई हामी मिलेर जानका लागि आव्हान गरिरहेका छौँ । यसका निम्ति समाजवादी शक्तिहरु, वामपन्थी शक्तिहरु राष्ट्रिय इस्यूहरुमा, जनताका इस्यूहरुमा, लोकतन्त्रका इस्यूहरुमा, गणतन्त्रका इस्यूहरुमा, संविधानको इस्यूहरुमा मिलेर जान्छन् भने हामी सहकार्य गर्दै अगाडि बढ्ने छौँ ।’ नेता नेपाल हिजो आइतबार नै धनुषाबाट काठमाडौं फर्किएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्