०३ असार २०८३, बुधबार

आजको मौसम : पहाडी भूभागको केही स्थानमा हल्का वर्षा हुने

फागुन १५, २०७९
आजको मौसम : पहाडी भूभागको केही स्थानमा हल्का वर्षा हुने

पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले आज पनि पहाडी भूमागको केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज प्रदेश १, बागमती गण्डकी, लुम्बिनी, कर्णाल र सुदूरपश्चिमका केही भूभागमा वर्षा हुनेछ । 

आज राति प्रदेश १, गण्डकी प्रदेशको उच्च पहाडी भूभागको केही स्थानमा हल्का हिमपात हुने विभागले जनाएको छ । यसैबीच, भोलि मंगलबार दिउँसो देशका केही पहाडी भूभागमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी भूभागको एक दुई स्थानमा हल्का हिमपात हुने विभागले जनाएको छ ।

त्यस्तै, फागुन १७ गते बुधबार पनि देशको पहाडी भूभागमा बदली कायमै रहने छ । देशको पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । सोही राति देशको पहाडी भूभागमा सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी भूभागमा हल्का हिमपात हुने विभागले जनाएको छ । चट्याङसहित पानी पर्ने हुनाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्