२१ जेठ २०८३, बिहीबार

क्रिकेटर सन्दीपको सुनुवाई सर्वोच्च अदालतमा आज हुँदै

फागुन १५, २०७९
क्रिकेटर सन्दीपको सुनुवाई सर्वोच्च अदालतमा आज हुँदै

नाबालिग बलात्कारको अभियोग लागेका नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेको सुनवाइ आज हुँदैछ । हिजो आइतबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ नसकिएपछि आज पुनः सुनुवाई हुन लागको हो ।

नाबालिग बलात्कार मुद्दामा उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा रिट दायर गरेको थियो । आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा सन्दीपले पनि निवेदन दिएका छन् । 

बलात्कार गरेको आरोपपछि लामिछानेले गत असोज २० गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उच्च अदालत पाटनको आदेशसँगै गत पुस २९ गते २० लाख धरौटीसहित उनी रिहा भएका थिए । लामिछाने धरौटीमा छुटे पनि उनलाई खेल खेल्न विदेश जान अदालतले रोक लगाएको थियो । सो आदेशविरुद्ध क्रिकेटर लामिछाने सर्वोच्च गएका थिए । 

सरकार र लामिछानेको दुवै मुद्दामा गत शुक्रवारदेखि भएको सुनवाइ सकिएको छैन । सो मुद्दाको सुनुवाई आज सोमबारका लागि पुनः पेशी तोकिएको छ । सर्वोच्च अदालतको सुनुवाई पछि क्रिकेटर लामिछाने विदेशमा खेल खेल्न जान पाउने या नपाउने विषयमा टुंगो लाग्नेछ । उनलाई स्वोदशमा भने खल खेल्ने अनुमति दिइसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्