
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलीय भागबण्डा गर्दा १० सिटवाला पार्टीलाई ६६ दिन प्रधानमन्त्री भाग पर्ने जनाएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले राजनीतिक स्थिरतामा जोड दिएका छन् ।
उनले लेखेका छन्, ‘२७५ जना प्रतिनिधिसभा सदस्यलाई ५ वर्षको संसदको पूरै कार्यकालमा पालैपालो प्रधानमन्त्री बनाउँदा एउटाको भागमा ६ दिन १४ घण्टा २४ मिनेट पर्दो रहेछ । दलीय भागबण्डा गर्दा १० सिटवाला पार्टीलाई ६६ दिन पर्दो रहेछ । त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त ? सुशासन र समृद्धिको पहिलो शर्त राजनीतिक स्थिरता हैन ?’