
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको उपाध्यक्ष एवं सरकारमा एमालेको नेतृत्व गरेका विष्णु पौडेलले जानकारी दिए ।
पुस १० गतेको सहमतिअनुसार बढ्न नसकेपछि सरकार छाड्नुपरेको पौडेलले बैठकपछि बताए।
राष्ट्रपतिमा सहमति नभए पनि सरकारमा रहेर काम गरेर सोचमा थियौँ, पछिल्ला दिनमा प्रधानमन्त्रीज्यूले एमाले र ममन्त्रीहरूलाई जुन अभिव्यक्ति र व्यवहार गर्नुुभयो । सरकारको प्रतिनिधिले गनुपर्ने निर्णयको आधारमा
हामीलाई सरकार छाड्ने या वा विनाविभागीय मन्त्री बनाउने अभिव्यक्ति दिएपछि सरकार छाड्यौँ,' पौडेलले बताए।
सार्वजनिक रूपमै टिप्पणी गरेपछि सरकारमा रहिरहन उचित नेदेखिएको उनले बताए।