०८ साउन २०८३, शुक्रबार

उपचारपछि जर्मन नागरिकले भनिन्, 'नर्भिकका डाक्टरहरू भगवान हुन्'

फागुन १५, २०७९
उपचारपछि जर्मन नागरिकले भनिन्, 'नर्भिकका डाक्टरहरू भगवान हुन्'

केही महिनाअघि नेपालका हिमालहरू आरोहण गर्ने क्रममा अचेत भएकी एक जर्मन पर्वतारोही मार्टिना कुसले थापाथलीस्थित नर्भिक अस्पतालको उपचार सेवाको प्रशंसा गरेकी छिन् । 

नर्भिकको विश्वस्तरीय उपचार सेवाका कारण मृत्युको मुखबाट फिर्ता हुन सफल उनले स्वदेश फर्किएपछि त्यहाँको एउटा सञ्चारमाध्यममा आफ्नो अनुभव साट्दै नर्भिकको उपचार पद्धतिको मुक्तकण्ठले प्रशंसा गरेकी हुन् । 

सन् २०२२ नोभेम्बरमा मार्टिना कुस नेपालको तेश्रो पटकको भ्रमणमा आएकी थिइन् । यो पटकको उनको उद्देश्य थियो सगरमाथा आरोहण । तर, ४००० मिटरको उचाइबाट अगाडि बढ्दै गर्दा  उनलाई लेक लाग्यो । स्वास्थ्यमा अनपेक्षितका समस्या एकाएक देखिए । लुक्लाबाट अगाडि बढेको केही दिनपछि उनलाई गम्भीर स्वास्थ्य समस्या देखिएको थियो । मार्टिनाका अनुसार उनलाई पल्मोनरी एम्बोलिज्मको समस्या देखिएको थियो । 

उनले यसअघि पनि नेपालमा हिमालहरुको आरोहण गरिसकेको थिइन् । यसपटक सजिलै हिमाल चढ्ने उच्च आत्मविश्वाससहित आएकी मार्टिनालाई स्वास्थ्यले साथ दिएन । उनलाई हिमाली क्षेत्रबाट हेलिकोप्टरमार्फत उद्धार गरी काठमाण्डौकै एउटा निजी अस्पतालमा उपचार गरिएको थियो । 

मार्टिनाले लेखेअनुसार त्यहाँ उनको स्वास्थ्य अवस्था झनै बिग्रियो । त्यसपछि चिकित्सक र टूर गाइडको सल्लाहअनुसार थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएको थियो । 

‘काठमाण्डौको त्यो सानो अस्पतालमा उपचार गरियो, तर, म लगातार कमजोर हुँदै गएँ, मेरो स्वास्थ्य अवस्था झनै गम्भीर बन्दै गयो । मलाई थप र थप पूरक अक्सिजन चाहिने भइसकेको थियो । सीटी स्क्यानले पल्मोनरी एम्बोलिज्मको समस्या रहेको पत्ता लगायो। डाक्टरहरूले मेरो फोक्सोमा पानी र रगत भेट्टाए। एम्बोलिज्म हुँदा रगत जम्छ र यदि त्यो रक्तनलीमा अड्कियो भने मृत्यु हुन सक्छ। निमोनिया पनि भयो,’ उनले स्मरण गर्दै भनिन्, ‘त्यो सानो अस्पतालले मलाई थप उपचारको लागि काठमाडौंको ठूलो नर्भिक अस्पतालमा सा¥यो। केही दिनपछि औषधि आयो र ज्वरो कम भयो । खान र पिउन मुश्किलले सक्ने भएँ ।’

उनले नर्भिकको उपचार–पद्धति, चिकित्सक तथा नर्सहरुको आत्मीय व्यवहार ‘अविश्वसनीय’ रहेको ​नर्भिकका डाक्टर र नर्स आफ्ना लागि भगवान भएका उनले बताइन्। 

उनी नर्भिक अस्पतालमा ४५ दिनसम्म बसेकी थिइन् । सो अवधिमा पूर्ण रुपमा ठीक भएपछि उनी जर्मनीका लागि उडेकी थिइन् । उनलाई लिन नेपालमा उनका भाइ आएका थिए । हाल घरमै थप स्वास्थ्य लाभ गरिरहेकी मार्टिनाले फेरि पनि आफूलाई नेपाल भ्रमणमा जाने उत्कट इच्छा रहेको समेत सो क्रममा बताएकी छन् ।

‘मसँग नेपाल र यात्राको सकारात्मक सम्झनाहरू छन्। म त्यहाँ चौथोपटक पक्कै जान्छु। मलाई अग्लो हिमाल चढ्नु पर्दैन,’ उनले लेखेकी छन्,‘नेपालमा हिमालयको बीचमा सजिलो पदयात्रा, सांस्कृतिक अनुभव वा विश्रामका लागि प्रभावशाली क्षेत्रहरू पनि छन्।’

salt training

कमेन्ट गर्नुहोस्