०९ असार २०८३, मंगलबार

खानेपानीमा राजनीति नगर्न कर्मचारीहरूलाई मन्त्री खानको चेतावनी

फागुन १५, २०७९
खानेपानीमा राजनीति नगर्न कर्मचारीहरूलाई मन्त्री खानको चेतावनी

खानेपानी मन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । 

सोमवार नेपाल खानेपानी संस्थानको ३४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले खानेपानी संस्थानलाई राजनीतिक अखडा बनाए सह्य नहुने चेतावनी दिए।

खानेपानी संस्थान आम सर्वसाधारणहरूलाई स्वच्छ र सफा खानेपानी वितरणका लागि निर्माण भएकाले त्यसलाई राजनीतिक अखडा बनाउन नहुने उनले बताए।

उनले खानेपानी संस्थानमा बसेर पार्टी र व्यक्तिका लागि राजनीति आफ्नो कार्यकालमा नगर्न चेतावनी दिए।

पार्टीमा राजनीति गर्न मन लागेको भए फिल्डमै गएर राजनीति गर्न र अरू पार्टीले स्थान नदिए आफ्नो पार्टीमा राम्रो स्थान दिने उनले बताए।

कर्मचारीहरूले खानेपानीको सुधार र आम सर्वसाधारणको घरमा खानेपानी पुर्‍याउन आन्दोलन गर्नुपर्ने उनको भनाइ थियो।

खानेपानीका लागि बजेट नछ्ट्याए र प्राथमिकतामा नराखे आफैँ त्यसको नेतृत्व गरेर प्रधानमन्त्री र अर्थमन्त्रीको कार्यालयमा घेर्ने पनि उनले चेतावनी दिए।

काभ्रेपलाञ्चोकको पनौतीस्थित खानेपानी संस्थानलाई निजीकरण गर्ने कुरा खानेपानी संस्थानले गरेको भन्दै निजीकरण किन गर्नुपर्ने भन्ने कारणसहित प्रतिवेदन सात दिनभित्र पेस गर्न खानेपानी संस्थानलाई निर्देशन दिए।

मन्त्री खानले खानेपानी संस्थानलाई निजीकरण गर्ने हो भने खानेपानी संस्थानमा रहेका कर्मचारी र सरकारको आवश्यक के हो भन्दै प्रश्न गरे।

salt training

कमेन्ट गर्नुहोस्