![आर्थिक सहायताका नाममा कसले कति लिए सरकारबाट ? [रकमसहित]](https://lktcdn2.prixacdn.net/media/rambaran-jhalanath_4W1ppPHDbS.jpg)
सरकारले पहुँचवालाहरूलाई धमाधम मन्त्रिपरिषदबाट निर्णय गराउँदै आर्थिक सहायता बाँड्दै गरेको पाइएको छ ।
पहुँच पुर्याउन सक्नेहरूलाई न्यूनतम ३४ हजार रुपैयाँदेखि अधिकतम २५ लाखसम्म एउटै व्यक्तिलाई आर्थिक सहायताको रूपमा बाँडेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको एक सूचीमा उल्लेख छ ।
मन्त्रालयका अनुसार मन्त्रिपरिषदबाट निर्णय गराएर दिएको यस्तो रकम चालू आर्थिक वर्षको पछिल्लो ७ महिना (साउन–माघ)सम्ममा साढे पाँच करोड रुपैयाँ रहेको छ ।
गुरुमा धम्मावतीको उपचारका लागि ३४ हजार रुपैयाँ दिइएको पाइएको छ। उनको उपचारका लागि गत वर्षको साउनदेखि यो वर्षको मंसिरसम्म उपचार खर्चबापत उक्त रकम सरकारले बेहोर्ने निर्णय गरेको थियो।
यस्तो सहायता रकम सबैभन्दा बढी पूर्वराष्ट्रपति रामवरण यादवलाई दिएको छ ।
यादवलाई ३ कात्तिकमा गरेको मन्त्रिपरिषदको निर्णयबाट २५ लाख रुपैयाँ औषधि उपचारका नाममा दिइएको छ।
सरकारले उपलब्ध गराएको यस्तो आर्थिक सहायतामा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई २० लाख, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई २७ लाख रुपैयाँ छ।
यस्तो सहायता पछिल्लो सात महिनामा १३९ जनालाई दिइएको थियो। जसमा सरकारको ५ करोड ४६ लाख ३४ हजार रुपैयाँ खर्च भएको देखिएको छ।
हेर्नुहोस् कसले कति लिए रकम