
मोरङमा मोटर साइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
बा ६३ प १२२७ नम्बरको मोटर साइकलमा सवार भएका दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कोसी राजमार्गअन्तर्गत बुढीगंगा गाउँपालिका वडा नम्बर ४ मा मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएको थियो ।
दुवैलाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो। चालकलाई अस्पतालमा पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
अर्काको भने उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तिलक कार्कीले बताए ।
मोटर साइकलधनी पत्ता लगाएपछि मात्रै उनीहरूको पहिचान खुल्ने प्रवक्ता कार्कीले बताए ।