२९ असार २०८३, सोमबार

रवीन्द्र अधिकारीको असल संस्कार अँगाल्नुपर्छ : मुख्यमन्त्री अधिकारी

फागुन १५, २०७९
रवीन्द्र अधिकारीको असल संस्कार अँगाल्नुपर्छ : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्व रवीन्द्र अधिकारीको असल संस्कारलाई अँगाल्दै एमाले अगाडि बढ्नुपर्ने बताएका छन् । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित चौथो स्मृतिसभा तथा सम्मान कार्यक्रममा उनले भने, “आदर्शवान् नेता स्व अधिकारीको अनुसरण गर्न आवश्यक छ ।” 

पार्टीमा सक्रिय नेता अधिकारीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउँदै मुख्यमन्त्री अधिकारीले स्व  अधिकारीका अपूरा कामलाई  पूरा गर्नुपर्नेमा जोड दिए । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति एवं संस्कतिविद् प्रा डा जगमान गुरुङले स्व रवीन्द्र अधिकारी आदर्शवान् र जनताका नेता भएको स्मरण गरे । रवीन्द्रको विचार र मार्ग निर्देशनलाई पछ्याउन सक्यौँ भने देश विकास र समृद्धितर्फ अगाडि बढ्ने उनको विश्वास छ । 

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानकी अध्यक्ष विद्या भट्टराईको अध्यक्षतामा सम्पन्न स्मृतिसभामा प्रतिष्ठानका महासचिव धनराज आचार्य, सचिव पुष्पज्योति ढुङ्गाना, प्रतिष्ठानका सल्लाहकार प्रा डा भरतराज पहारी लगायतले रवीन्द्र अधिकारीले राजनीतिक एवं सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरे । सो अवसरमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा स्थापित रवीन्द्र अधिकारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार, २०७९ द्वारा पत्रकार सुरज कुँवरलाई रु ५० हजार नगदसहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्