
न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्सका व्यवसायीहरुको संगठनले नयाँ नेतृत्व छनौट गरेको छ । ताम्राकार कम्प्लेक्समा व्यवसाय गरिरहेका मोबाइल व्यवसायीहरुको छाता संस्था मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको नयाँ नेतृत्वमा गुरुदत्त शर्मा सर्वसम्मत चयन भएका छन् । शर्मा यसअघि संघमा सचिवको जिम्मेवारीमा थिए ।
अध्यक्ष शर्माको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । जसअनुसार मोबाइल व्यापार संघको वरिष्ठ उपाध्यक्षमा अनील ढकाल चयन भएका छन् । महासचिवमा गोपालबहादुर क्षेत्री चुनिएका छन् ।
त्यसैगरी उपाध्यक्षमा विवेक शर्मा र कल्पना तिवारी चयन भएका छन् । रमण पराजुली सचिव, मोती कोइराला कोषाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै, कार्यसमिति सदस्यहरुमा निर्जश कार्की, बलराम कार्की, सरोज गौतम, रविन डागी, सुनिता कार्की, रामदास ठकुरी, निर्मल अर्याल, चन्द्रमान श्रेष्ठ, सपना बानिया चयन भएका छन् ।
संघको वरिष्ठ सल्लाहकारमा संजीत पौडेल तथा प्रदिप बानियाँ चयन भएका छन् । नव निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । नव निर्वाचित अध्यक्ष शर्माले संघले मोबाइल व्यवसायीको समस्यालाई समाधान गर्दै आगामी दिनमा नयाँ योजनाहरु ल्याउने बताए ।
कार्यक्रममा संस्थापक अध्यक्ष जगत साउदले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै व्यवसायीको हकहितमा लाग्न सुझाब दिए । नयाँ नेतृत्वले ताम्राकार कम्प्लेक्समा विभिन्न प्रबर्धनात्मक कामका साथै व्यापार व्यवसायीमैत्री गतिबिधिहरु गर्ने प्रतिवद्धता जनाएको छ ।