०८ असार २०८३, सोमबार

अवैध रुपमा ल्याइएको दश लाख मूल्य बढीको औषधि बरामद

फागुन १६, २०७९
अवैध रुपमा ल्याइएको दश लाख मूल्य बढीको औषधि बरामद

भीमदत्त नगरपालिका–३ भाँसीबाट प्रहरीले  भारतबाट अवैध रुपमा  लुकाई–छिपाई ल्याउँदै गरेको रु १० लाख २१ हजार चार सय मूल्य बराबरको औषधि बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार विशेष सुराकीका आधारमा बेवारिसे अवस्थामा औषधि बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको सादा पोसाकको प्रहरीको टोलीले सेगोप्लेक्स आठ सय १० थान, बोनभिटा एक हजार थान र न्युरोक्याक्स एक हजार ८० थान औषधिको पत्ता बरामद गरिएको प्रहरी नायब उपरीक्षक डाँगीले बताए । बरामद औषधिलाई भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्