२० असार २०८३, शनिबार

यौन शोषणमा संलग्न एक चिनियाँ नागरिक पक्राउ

फागुन १६, २०७९
यौन शोषणमा संलग्न एक चिनियाँ नागरिक पक्राउ

बाल यौन शोषण कार्यमा संलग्न रहेको अभियोगमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् । ४९ वर्षीय याङ लि मिङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । 

ललितपुर महानगरपालिका–२२ वुंगमतीस्थित कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी सञ्चालन गर्दैआएका उनले फेसबुकमार्फत नाबालिकालाई साथी बनाई काठमाडौं बोलाएर बिभिन्न मनोरञ्जनात्मक गतिबिधिहरुमा संलग्न गराएको उनलाई आरोप थियो । आर्थिक प्रलोभन देखाई यौन शोषण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका–२२ वुंगमतीबाट पक्राउ गरेको छ । 

उनले १४ देखि १७ वर्षका ६ जना नाबालिकहरुमध्ये २ जनालाई बुङमतीस्थित आफ्नै अपार्टमेन्टमा लगि यौन शोषण गरिसकेको तथा अन्य ४ जना बालिकाहरुलाई ठमेलस्थित होटलमा ललाईफकाई राखिएको अवस्थामा प्रहरीले ती बालिकाहरूको उद्वार गरेको जनाएको छ । 

उनीउपर जबरजस्ती करणी शीर्षक मुद्दामा जिल्ला अदालतबाट तीन दिनको म्याद अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्