२६ असार २०८३, शुक्रबार

उपसभामुखले सोधिन् - संसदमा खाली सिट भएपछि जनतालाई के जवाफ दिने ?

फागुन १६, २०७९
उपसभामुखले सोधिन् - संसदमा खाली सिट भएपछि जनतालाई के जवाफ दिने ?
फाइल तस्वीर

उपसभामुख इन्दिरा रानाले प्रतिनिधि सभा बैठक छोडेर सांसदहरू बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। 

मंगलवार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा उपसभामुख रानाले सांसदहरू प्रतिनिधि सभा बैठक छाडेर बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

उनले बैठकमा खाली सिट देख्दा देखिन थालेको बताइन्।

प्रतिनिधि सभा सांसदविहीन हुँदा आफूलाई ‘इरिटेड’ हुने गरेको र आफ्नो ‘प्रेसर’ पनि बढेको उनको भनाइ थियो। उनले आफूले कुनै पनि काम अनुशासित भएर दिलदेखि गर्ने बताइन्।

सांसद अनुपस्थितिबारे जनतालाई के जवाफ दिने भनी उनले प्रश्नसमेत गरिन्।

उपसभामुख रानाले संसदमा जनताका कुराहरूलाई अनुशासित र मर्यादित रूपले उठाउने र विधेयकहरू बनाउने पनि बताइन्। 

salt training

कमेन्ट गर्नुहोस्