१८ असार २०८३, बिहीबार

४ दिनदेखि सम्पर्कविहीन युवक मृत फेला

फागुन १६, २०७९
४ दिनदेखि सम्पर्कविहीन युवक मृत फेला
प्रतिकात्मक तस्वीर

तनहुँको आबुखैरेनी गाउँपालिका–३ घर भएका ३६ वर्षीय मदन घिमिरे सम्पर्कविहीन भएको ४ दिनपछि मृत अवस्थामा फेला परेका छन् । 

फागुन १२ गतेदेखि सम्पर्कविहीन घिमिरे मंगलवार मस्र्याङ्दी नदीमा मृत फेला परेका हुन् ।

सशस्त्र प्रहरीको गोताखोरले उनको शव नदीबाट निकालेको छ । मृतकको स्कुटर आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मस्र्याङ्दीको किनारमा भेटिएको थियो । घिमिरेको खोजतलासका लागि तालिमप्राप्त ट्रयाकर डग पनि परिचालन गरिएपछि मृतावस्थामा भेटिएका तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएको गोताखोर र नेपाल प्रहरी टोली र स्थानीयको संयुक्त प्रयासमा खोजतलास गरिएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्