१० साउन २०८३, आइतबार

राष्ट्रपतिमा पौडेल जित्ने नेता खड्काको दावी

फागुन १७, २०७९
राष्ट्रपतिमा पौडेल जित्ने नेता खड्काको दावी

नेपाली कांग्रेसका नेता, सांसद तथा पूर्वमन्त्री दिपक खड्काले राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने दाबी गरेका छन् । मंगलबार यहाँ आयेजित अन्तरक्रिया कार्यक्रममा उनले सो दावी गरेका हुन् ।

‘राष्ट्रपतिजस्तो गरिमामय पदमा सर्वसम्मत् गरौं भन्ने हाम्रो प्रस्ताव हो । रामचन्द्र पौडेललाई हामीले अघि सारेका छौं । एमालेले सुवास नेम्वाङलाई अघि सारेको छ । सुवास दाई शालिन व्यक्तित्व हो । तर निर्वाचन नेता पौडेलले जित्नु हुन्छ’ उनले भने ।

नेता खड्काले कांग्रेसले संविधानको धारा ७६ को ३ अनुसार सरकार बनाउने हो कि भनेर बजारमा चलेको हल्लामा कुनै सत्यता नभएको जिकिर गरे । उनले भने, ‘यो कुरा विल्कुल गलत हो । कांग्रेस त्यसमा जाँदैन् । एक दुई महिनामा सरकार गिर्ने कुराले मुलुकलाई समस्या पार्ने उनको भनाइ छ ।

उनले रवि लामिछाने नेतृत्वको रास्वपाले पनि प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता नलिएकाले रास्वपा पनि सरकारमा आउनसक्ने विश्वास व्यक्त गरे । उनले भने, ‘उहाँहरुले समर्थन फिर्ता लिनुभएको छैन्, त्यसैले उहाँहरु पनि आउनुहुन्छ ।’

मुलुक आर्थिक हिसाबले जर्जर अवस्थामा पुगेको उनले बताए । किसानका समस्या त्यस्तै छन् । संविधान पूर्ण रुपमा कार्यान्वयन गर्न थुप्रै काम गर्न बाँकी छ, उनले भने, ‘दलहरु एक ठाउँमा आउनुपर्छ । राष्ट्रिय स्वार्थको विषयमा एक ठाउँमा बस्नुपर्छ । सरकार निर्माण गर्ने र सुशासन कायम गर्ने कुरा ठूलो हो ।’ 

salt training

कमेन्ट गर्नुहोस्